महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
नेपाल–भारत मैत्री संघको आयोजनामा महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाइ–कटाइ तालिम कार्यक्रम सुरु गरिएको छ । संघका रौतहट अध्यक्ष गृषनन्दन कुमार सिंहको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख कौसल्या देवीले गर्नुभएको हो । महिलाहरूको जीविकोपार्जनलाई सुदृढ बनाउने लक्ष्यका साथ सुरु गरिएको यस तालिमले स्थानीय महिलालाई सीपमूलक ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।…

